विराटनगर विराटपाटी पुस १५ ,नेपाली काग्रेस पार्टीले कोशी प्रदेशका लागि विभिन्न समुदायबाट समानुपातिक प्रणालीअन्तर्गत सिफारिस उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ।

 सूचीमा आदिवासी जनजाति, खसआर्य, थारू, दलित र मुस्लिम समुदायका महिला तथा पुरुष उम्मेदवार समेटिएका छन्।

आदिवासी जनजातितर्फ

भीमराज आङ्देम्बे (पाँचथर), गोपालमान सिंह राजभण्डारी (मोरङ), थलकुमार लिम्बा (संखुवासभा), विजय सोमाहाङ्फे (तेह्रथुम), गीता गुरुङ (सोलुखुम्बु), गीताकुमारी सेन्दाङ (ताप्लेजुङ), सविता राई (ओखलढुंगा), प्रेमिका रानामगर (इलाम) र निर्मला गुरुङ (सुनसरी) रहेका छन्।

खसआर्यतर्फ

शुशिला ढकाल आचार्य (झापा), रुक्मणी कोइराला (मोरङ), गोमाकुमारी भट्टराई (झापा) र रिना उप्रेती (सोलुखुम्बु) सिफारिस भएका छन्।

थारू समुदायबाट

डा. प्रमिला गच्छदार (मोरङ) समेटिएकी छन्।

दलित समुदायबाट

मनुमाया विश्वकर्मा (झापा) र चन्द्रेश्वर शर्मा खत्बे (सुनसरी) सूचीमा छन्।

मुस्लिम समुदायबाट

नगमा शाहिद अंसारी (सुनसरी) र जमिल अख्तर मियाँ (सुनसरी) सिफारिस भएका छन्।

समानुपातिक समावेशितालाई आधार मानेर तयार गरिएको उक्त सूची निर्वाचन प्रक्रियाअन्तर्गत सम्बन्धित निकायमा पेश गरिएको जनाइएको छ।