विशेष महाधिवेशनको हलचलपछि देउवाको ‘इनर सर्कल’ बैठक
२०८२ पुष १७, बिहीबार १६:३७
काठमाडौं पुस१७ विशेष महाधिवेशनको चर्चा चर्किएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका दुई महामन्त्री र कार्यवाहक सभापतिलाई बोलाएका छन्।
भृकुटीमण्डपमा हल बुक गरिएको खबर बाहिरिएपछि देउवाले तत्काल छलफलको पहल गरेका हुन्।
देउवाको स्पष्ट लाइन छ—विशेष महाधिवेशनका लागि न कार्यविधि छ, न निर्देशिका। यसले थप विवाद मात्रै जन्माउने भन्दै उनी नियमित महाधिवेशनमै जानुपर्ने अडान दोहोर्याउँदै आएका छन्।
पार्टीभित्र बढ्दो चासो र अड्कलबाजीबीच बोलाइएको यो बैठकले कांग्रेसको आगामी बाटो तय गर्ने संकेत दिएको छ।




