काठमाडौं पुस २०, बाजुराको बुढीगंगा नगरपालिकामा भवन निर्माण ठेक्कामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगरपालिकाका पूर्वमेयर दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आइतबार विशेष अदालत काठमाडौंमा दायर अभियोगपत्रअनुसार नगरपालिकाको भवन निर्माण प्रक्रियामा मिलेमतो, आर्थिक हिनामिना र पदको दुरूपयोग भएको देखिएको आयोगले जनाएको छ।

अभियोगमा तत्कालीन प्रशासकीय अधिकृत, इन्जिनियर, सब–इन्जिनियर, लेखापाल, शिक्षा अधिकृत तथा ठेकेदार कम्पनीका सञ्चालकसमेत तानिएका छन्।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सबै अभियुक्तविरुद्ध जनही ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको हो।

अब विशेष अदालतले यस प्रकरणमा सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।