रास्वपामा बालेन समूहको प्रभाव बढ्दै महामन्त्रीमा लम्साल
२०८२ पुष २०, आईतवार २०:२७
काठमाडौं पुस २० ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह निकट समूहको प्रभाव देखिन थालेको छ। बालेन समूहबाट सुनिल लम्साललाई महामन्त्री र भूपदेव शाहलाई सहमहामन्त्री बनाउने प्रस्ताव बैठकमा अघि सारिएको छ।
पार्टी स्रोतका अनुसार केन्द्रीय समितिमा बालेन पक्षबाट २५ भन्दा बढी सदस्य समेटिने तयारी भइरहेको छ। यस समूहमा केही जेन–जी पुस्ताका प्रतिनिधि पनि समावेश हुने सम्भावना छ।
यस्तै, आगामी प्रतिनिधिसभा निर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा पार्टीभित्र सहमति बनेको जनाइएको छ। ऊर्जा क्षेत्रमा चर्चित व्यक्तित्व कुलमान घिसिङलाई पहिलो वरीयतामा उपसभापति बनाउने निर्णय भएको छ भने उनको तर्फबाट सहमहामन्त्री र सहप्रवक्ताको नियुक्ति गर्ने सहमति पनि भएको छ।
रास्वपाभित्र नयाँ शक्ति सन्तुलनको संकेतका रूपमा यी प्रस्तावलाई हेरिएको छ।




