काठमाडौं पुस २१ , नेपाली कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री आरजु देउवा राणा भारत गएकी छन्। उनी नेपाल एयरलाइन्सको उडान आरए–२१७ मार्फत सोमबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन्। भ्रमणको उद्देश्यबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

यसअघि आइतबार नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भारत पुगेका थिए। पार्टी कार्यक्रमको बहानामा दिल्ली पुगेका प्रचण्डले त्यही साँझ भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका थिए।

लगातार शीर्ष राजनीतिक नेताहरूको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ।