मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिए
२०८२ पुष २३, बुधबार २१:५६
काठमाडौँ पुस २३, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्।
चुनावी नागरिक सरकारमा रहेर दलीय गतिविधि गर्नु उपयुक्त नहुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीले हिजोको क्याबिनेट बैठकमा नैतिक जिम्मेवारीका आधारमा मार्ग प्रशस्त गर्न आग्रह गरेकी थिइन्।
सोही अनुरूप पूर्ण रूपमा दलको चुनावी अभियानमा सक्रिय हुन आफूले राजीनामा दिएको घिसिङले बताएका छन्।




