काठमाडौं, २४ पुस — प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा करिब तीन घण्टा लामो छलफल भएको छ। बिहीबार बिहान ११ बजेदेखि सुरु भएको भेटवार्ता दिउँसोसम्म चलेको हो।

बालुवाटार स्रोतका अनुसार भेटको मुख्य केन्द्रविन्दु आगामी निर्वाचन नै थियो। छलफलका क्रममा एमाले अध्यक्ष ओलीले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने आफ्नो पार्टीको स्पष्ट अडान दोहोर्‍याउँदै त्यसका लागि एमाले पूर्ण रूपमा तयार रहेको जानकारी गराएका थिए।

प्रधानमन्त्री कार्की र ओलीबीचको भेटलाई समसामयिक राजनीतिक गतिविधि र चुनावी तयारीसँग जोडेर हेरिएको छ। भेटवार्ताबारे दुवै पक्षबाट औपचारिक विवरण सार्वजनिक नभए पनि छलफल सकारात्मक रहेको संकेत बालुवाटार स्रोतले दिएको छ।