उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने
२०७९ चैत्र २, बिहीबार १६:३०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने र तटस्थ रहने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाए
गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पनि पार्टीले मतदान नगरेको थियो । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता राम सहायप्रसाद यादव चुनावी मैदानमा छन् भने नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनता पार्टीकी ममता झा चुनावी मैदानमा छन् ।




