एकता अभियानमा एमालेसँग सहकार्यको प्रस्ताव :प्रचण्ड
२०८२ माघ ९, शुक्रबार २१:१०
काठमाडौं माघ ९,शुक्रबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले)लाई वाम एकताको अभियानमा सामेल हुन औपचारिक आह्वान गर्नुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
संयोजक दाहालले मुलुकलाई संकटबाट जोगाउन वामपन्थी, कम्युनिष्ट र लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँका अनुसार प्रतिक्रियावादी गतिविधि बढिरहेको वर्तमान अवस्थामा देशभक्त शक्तिहरूबीच व्यापक एकता आवश्यक भइसकेको छ।
पार्टीहरूबीच एकताको प्रयासलाई तीव्र बनाइएको उल्लेख गर्दै दाहालले राष्ट्रिय हितका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।




