सभापति गगन थापा आज सर्लाहीमा, कर्मैयामा राजनीतिक भेटघाट
२०८२ माघ १२, सोमबार ०९:५२
काठमाडौं माघ १२ साेमबार, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही पुग्दैछन्। सचिवालयका अनुसार थापा बिहान १०:३० बजे सिमरा हुँदै सर्लाही प्रस्थान गर्ने कार्यक्रम छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवार रहेका थापा उम्मेदवारी दर्तापछि पहिलो पटक निर्वाचन क्षेत्रमा जान लागेका हुन्। उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए।
सर्लाही पुगेपछि थापाले बागमती पुलस्थित कर्मैयामा स्थानीय नेता–कार्यकर्ता तथा सरोकारवालासँग राजनीतिक भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ।




