गृहमन्त्री अर्याल–अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता
२०८२ माघ १२, सोमबार १६:५२
काठमाडौं माघ १२ साेमवार, गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन तथा अमेरिकी सहयोगबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा गृहमन्त्री अर्यालले फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार सक्रिय रूपमा लागिरहेको बताए।
कार्यवाहक राजदूत अर्बमले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर रहने उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।




