बालेन शाहलाई निर्वाचन आयोगले किन स्पष्टीकरण सोध्यो ?
२०८२ माघ १३, मंगलवार १२:२३
काठमाडौ माघ १३ मंगलबार , झापा–५ को चुनावी प्रतिस्पर्धाले नयाँ मोड लिएको छ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा बालेनले गरेको टिप्पणीबारे आयोगमा उजुरी परेपछि यो कदम चालिएको हो।
संयोगवश, बालेन शाह र ओली दुवै झापा क्षेत्र नम्बर ५ बाटै चुनावी मैदानमा छन्। सामाजिक सञ्जालको टिप्पणी अब औपचारिक छानबिनको विषय बनेपछि झापा–५ को चुनावी माहोल थप चर्किने संकेत देखिएको छ।




