निर्वाचन विथाेल्ने काम गरे सुरक्षामा कडा, गृहमन्त्रीको चेतावनी
२०८२ माघ १५, बिहीबार १७:२८
काठमाडौं माघ १५ , गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्तिसुरक्षा बिथोल्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने स्पष्ट पारेका छन्। निर्वाचन आयोगसँगको छलफलमा उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।
गृह मन्त्रालयले निर्वाचन कार्यतालिकासँग तालमेल मिलाएर सुरक्षा योजना कार्यान्वयन गरिरहेको जनाउँदै मतदाता, राजनीतिक दल, उम्मेदवार, कर्मचारी र सुरक्षाकर्मी सबैको सुरक्षा सुनिश्चित गरिएको उनले बताए।
आपराधिक तथा निर्वाचनविरोधी गतिविधिमाथि शून्य सहनशीलता अपनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ।




