राष्ट्रपति पौडेल जापान प्रस्थान
२०८२ माघ १८, आईतवार ०९:२४
काठमाडौं, १८ माघ २०८२ – राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्। नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जान लागेका हुन्।
राष्ट्रपति पौडेल आज राति ११:३० बजे नेपाल जापान जानेछन् र माघ २१ गते स्वदेश फर्कने कार्यक्रम छ। भ्रमणका क्रममा सम्राट नारुहितो र प्रधानमन्त्री ताकाइची सानाएसँग भेटवार्ता हुने छ भने जापानी व्यवसायिक समुदायसँग पनि छलफल तय भएको छ।




