फरवार्ड माइक्रोफाइनान्समा सिइओमा कृष्णप्रसाद
२०८२ माघ १९, सोमबार १२:०४
दुहबी (सुनसरी), माघ १९ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम दयाल राजवंशीले पदबाट राजीनामा दिएका छन्।
व्यक्तिगत घरायसी कारण देखाउँदै उनले राजीनामा दिएको जनाइएको छ। संस्थाको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो।
सोही बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।




