कांग्रेसले सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोक्यो,निर्वाचन परिचालन तीव्र
२०८२ माघ २०, मंगलवार २२:२४
काठमाडौं माघ २०, नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै सबै ७७ जिल्लामा चुनावी कमाण्डर तोकेको छ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा जिल्लाहरूको जिम्मेवारी बाँडफाँट गरेको हो।
माघ १ गते सम्पन्न विशेष महाधिवेशनपछि शर्मालाई चुनावी कमाण्डरको जिम्मेवारी दिइएको थियो। त्यसअनुसार सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्दै जिल्ला–जिल्लामा कमाण्डर खटाइएको कांग्रेसले जनाएको छ।
यसअघि सभापति गगन थापाको नेतृत्वमा पार्टीको निर्वाचन घोषणापत्र तयारी समिति गठन भइसकेको छ। कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर संगठन विस्तार र परिचालनलाई तीव्र बनाएको देखिन्छ।
कांग्रेस नेतृत्वले जिल्ला तहमा जिम्मेवारी तोकिएसँगै अब चुनावी गतिविधि थप सक्रिय हुने अपेक्षा गरेको छ।
कुन जिल्लामा को कमाण्डर?
कोशी प्रदेश
• ताप्लेजुङ, पाँचथर, इलाम, झापा — डा. डिला संग्रौला, भीष्मराज आङदम्वे, सुधीरकुमार शिवाकोटी, सुरेश सुब्बा
• संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी — अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ, उमेशजंग रायमाझी
• सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी, सिरहा — वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई, धर्म नेपाली दर्जी
बागमती प्रदेश
• धादिङ, रसुवा, नुवाकोट, काठमाडौं — बहादुरसिंह (लामा) तामाङ, डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ, डा. अमिता प्रधान
• काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर, मकवानपुर — जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल, गीता सत्याल
• भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, चितवन — अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मथुराप्रसाद घिमिरे, धर्मराज गौतम
गण्डकी प्रदेश
• पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङ — चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी, चिनु पोखरेल
• स्याङ्जा, कास्की, मनाङ, नवलपुर — ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ, किरणराज शर्मा पौडेल
• गोरखा, लम्जुङ, तनहुँ — अब्दुल सत्तार, रेशम वानियाँ, शारदा पौडेल, सरस्वती अर्याल तिवारी
लुम्बिनी प्रदेश
• रुपन्देही, पाल्पा, नवलपरासी, गुल्मी — डा. गोपाल दहित, गेहेन्द्र गिरी, प्रदीप शर्मा, राजेन्द्रगोपाल सिंह
• कपिलवस्तु, अर्घाखाँची, रुकुम (पूर्व), प्यूठान, रोल्पा — कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई मगर, केशव आचार्य
• दाङ, बाँके, बर्दिया — चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक, रुपा विक




