मन्त्रिपरिषद् बैठकका तीन महत्वपूर्ण निर्णय सार्वजनिक
२०८२ माघ २६, सोमबार १८:१५
काठमाडौं, माघ २६ — सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू जानकारी गराएका हुन् ।
सरकारले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि तथ्यांक संकलन गर्ने आदेश स्वीकृत गरेको छ । यससँगै, सरकारले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको म्याद २५ दिन थप गरिएको छ ।
सरकारका अनुसार, आयोगलाई यथार्थ छानबिन गरी प्रतिवेदन बुझाउन थप समय आवश्यक भएकाले म्याद बढाइएको हो ।




