धरान, फागुन ९ , धरान मदिरा व्यवसायी संघ को १२औँ साधारणसभा तथा पाँचौँ अधिवेशनबाट प्रदीप कुमार श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनले २०८२–२०८५ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यक्रम नेपाल मदिरा व्यवसायी संघ का केन्द्रीय अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश अध्यक्ष नवीनकुमार तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। साथै सुनसरी उद्योग वाणिज्य संघ का अध्यक्ष गोपाल श्रेष्ठ, नेपाल मदिरा व्यवसायी संघका उपाध्यक्ष मदन गौतम, समाजसेवी सरोज श्रेष्ठ तथा धरान वितरक संघका अध्यक्ष विजय मानन्धरको आतिथ्यता रहेको थियो। कार्यक्रम धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको थियो।

पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा स्वागत नृत्य प्रस्तुत गरिएको थियो। सचिव जीवन शाहीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र सदस्य सन्तोष कार्कीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको जनाइएको छ।

अध्यक्ष लिलकुमार माझीले आफ्नो कार्यकालको समीक्षा गर्दै सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले बजार व्यवस्थापन तथा व्यवसायीका समस्यासम्बन्धी मागसहित सुनसरी उद्योग वाणिज्य संघलाई ज्ञापनपत्र बुझाउनुका साथै संघलाई रु ५१,१११/- सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा पुरानो कार्यसमितिलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यसमितिका तर्फबाट अध्यक्ष माझीलाई पनि सम्मान गरिएको थियो।

नयाँ कार्य समितिमा अध्यक्ष प्रदीप कुमार श्रेष्ठ
निवर्तमान अध्यक्ष : लिलकुमार माझी,उपाध्यक्ष : नगेन्द्र खवास,सचिव : जीवन शाही,कोषाध्यक्ष : शरणकुमार गुप्ता ,सह–सचिव : सन्तोष कार्की
सदस्य : सागर प्रसाईं, अमित श्रेष्ठ, प्रदीप कुमार तामाङ, भीमबहादुर बोहरा, तोरणबहादुर कार्की

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले व्यवसायीहरूको हकहित संरक्षण, बजार अनुशासन र संघको संस्थागत विकासलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सदस्य सागर प्रसाईंले जानकारी गराए ।