Oplus_131072

काठमाडौं फागुन १४, आगामी फागुन २१ गते हुने मतदानका दिन देशभरका सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। तर, हवाई सेवा भने अवरुद्ध नहुने स्पष्ट गरिएको छ।

निर्वाचन आयोग ले गृह मन्त्रालयलाई पत्र पठाउँदै मतदानका दिन हवाई उडान नियमित सञ्चालनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेको जनाएको छ। आयोगको आग्रहसँगै सो दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडान पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुनेछन्।

सडक यातायातमा प्रतिबन्ध लागे पनि हवाई सेवा भने यथावत रहने निर्णयले अत्यावश्यक आवागमन र अन्तर्राष्ट्रिय यात्रुलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।