देश दौडाहामा गगन विश्व, तीन जिल्लामा आज चुनावी शक्ति प्रदर्शन
२०८२ फाल्गुन १५, शुक्रबार १२:४६
काठमाडौ फागुन १५,नेपाली कांग्रेस ले आज तीन जिल्लामा विशेष चुनावी सभामार्फत माहोल तताउने भएको छ। सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा ले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
आजको चुनावी अभियान अन्तर्गत रुपन्देहीको बुटवल, बागलुङ र कास्की मा सभा आयोजना गरिएको छ। बुटवलमा केही बेरमै कार्यक्रम सुरु हुँदैछ भने दिउँसो १ बजे बागलुङ र ३ बजे पोखरामा सभा हुनेछ।
सभामा अन्य दल परित्याग गरी ठूलो सङ्ख्यामा नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने कार्यक्रमसमेत राखिएको बताइएको छ।
यसअघि थापाले सुर्खेत र बाँकेमा आयोजित सभालाई सम्बोधन गर्दै चुनावी माहोल बनाइसकेका छन्। कांग्रेसले देशव्यापी दौडाहामार्फत मतदाता आकर्षित गर्ने रणनीति अघि बढाएको देखिन्छ।




