आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन
२०७९ चैत्र ५, आईतवार १०:१७
चाैध वर्षको लामो अन्तरालपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को केन्द्रीय क्याम्पस लगायतका आबद्ध तथा सम्बद्ध क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आज हुँदैछ ।
मतदान बिहान ८ बजेबाट सुरु भई दिउँसो ४ बजेसम्म चल्नेछ । देशभरका ६० आबद्ध क्याम्पस र १ हजार ४० सम्बद्ध क्याम्पसमा स्ववियुको निर्वाचन हुँदैछ ।
हालसम्म स्ववियुको नेतृत्व दुई संवैधानिक क्याम्पस र केही सम्बद्ध क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको छ ।
प्रत्येक दुई वर्षमा हुने गरी त्रिवि क्याम्पसमा स्ववियुको निर्वाचन २०६५ सालपछि हुन सकेको थिएन ।




