विराटनगर – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लामा कुल ६४.५६ प्रतिशत मतदान भएको छ। जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको हो।

निर्वाचन क्षेत्रअनुसार हेर्दा सबैभन्दा बढी मतदान मोरङ–५ मा ७१.२८ प्रतिशत भएको छ भने अन्य क्षेत्रमा पनि उल्लेख्य सहभागिता देखिएको छ।

क्षेत्रगत मतदान विवरण
• मोरङ–१ : ६०.३६ प्रतिशत
• मोरङ–२ : ६२.९७ प्रतिशत
• मोरङ–३ : ६१.१७ प्रतिशत
• मोरङ–४ : ६७.१५ प्रतिशत
• मोरङ–५ : ७१.२८ प्रतिशत (सबैभन्दा बढी)
• मोरङ–६ : ६६.२३ प्रतिशत

समग्रमा मोरङ जिल्लामा मतदाताको सहभागिता उत्साहजनक देखिएको छ। शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र अब मतगणनाको तयारी भइरहेको जनाइएको छ।