काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डेले उल्लेखनीय अग्रता कायम गरेका छन्।

हालसम्मको मतगणनाअनुसार पाण्डेले ४,६४९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले ३,३४१ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले १,४८२ मत पाएका छन्। नेकपा (एमाले)का उम्मेदवार रामेश्वर फुयालले १४१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुन्दरराम बोहराले १२८ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निरज लामा भने ३५ मतसहित पछि परेका छन्।

हालसम्मको मतपरिणामले रास्वपाका उम्मेदवार पाण्डेले अन्य प्रतिस्पर्धीमाथि स्पष्ट मतान्तरसहित अग्रता बनाएको देखिएको छ। यद्यपि मतगणना प्रक्रिया जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।