सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना केही समयपछि सुरु हुने भएको छ। सर्वदलीय बैठकले मतगणना प्रक्रिया खानापछि सुरु गर्ने सहमति गरेको हो।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको कारण यसपटक विशेष चासो देखिएको छ। उनलाई अमरेज सिंह (रास्वपा) ले कडा चुनौती दिने अनुमान गरिएको छ।

दुवै पक्षबीच प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा गरिएको छ।