सर्लाही क्षेत्र नम्बर–४ को प्रारम्भिक मतगणनाले चुनावी समीकरण रोचक बनेको देखाएको छ।
प्रतिनिधिसभा निर्वाचनको ‘हट स्पट’ मानिएको यस क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा सुरुवाती चरणमै पछि परेका छन्।

अहिलेसम्मको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंह १,२३९ मतसहित अग्रस्थानमा छन् भने थापाले ७६८ मत प्राप्त गरेका छन्। यस हिसाबले थापा करिब ४७० मतले पछि परेका छन्।

अन्य उम्मेदवारहरूको अवस्था यस्तो छःजनमत पार्टीका राकेश मिश्र – २५० मत,नेकपा एमालेका अमनिश कुमार यादव – १९९ मत,नेकपा उम्मेदवार डा. रजनिश राय – १८ मत,जसपाका रामेश्वर राय यादव – २ मत,

बिहान १० बजेदेखि मतगणना सुरु भए पनि केही समयपछि मात्र पहिलो औपचारिक प्रारम्भिक नतिजा सार्वजनिक गरिएको हो।
मतगणना अहिले गोडैता स्थित श्री वेणी भोला नमूना माध्यमिक विद्यालयमा जारी छ।

प्रारम्भिक नतिजाले चुनावी माहोल थप रोचक बनेको छ भने आगामी गणनाले वास्तविक प्रतिस्पर्धाको चित्र स्पष्ट पार्ने अपेक्षा गरिएको छ।