मोरङ–६ मा रुबिना आचार्यको शानदार जीत, शेखर कोइराला भारी मतान्तरले पराजित
२०८२ फाल्गुन २३, शनिबार ०६:५५
काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर–६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्य भारी मतान्तरसहित निर्वाचित भएकी छन्। उनले ५५ हजार ५१३ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।
निर्वाचन आयोगका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेखर कोइराला ले १२ हजार ८८५ मत मात्र प्राप्त गरे। यससँगै आचार्यले ४२ हजार ६६३ मतान्तरले कोइरालालाई पराजित गरेकी छन्।
उल्लेखनीय कुरा के छ भने, २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट शेखर कोइराला विजयी भएका थिए।
यसैगरी एमालेका विनोद ढकाल ले ८ हजार ३१७ मत, श्रम संस्कृति पार्टीका मातृका पौडेल ले ३ हजार ४०० मत र राप्रपाका सविन निरौला ले २ हजार ९२ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।




