महेश बस्नेतलाई भक्तपुरमा भारी धक्का, रास्वपाका राजीव खत्री विजयी
२०८२ फाल्गुन २३, शनिबार १४:१०
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले प्रभावशाली विजय हासिल गरेका छन्। नेकपा एमालेका सचिव महेश बस्नेतलाई ठूलो मतान्तरले पराजित गर्दै खत्री प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गरे भने बस्नेत १० हजार ९९६ मतमै सीमित भए। दुवै उम्मेदवारबीच ३१ हजार ३३६ मतको फराकिलो अन्तर देखिएको छ।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कवीर राना ८ हजार ४०१ मतसहित तेस्रो स्थानमा रहे।
भक्तपुर–२ मा आएको यो परिणामलाई नयाँ राजनीतिक शक्तिप्रति मतदाताको बलियो संकेतका रूपमा विश्लेषण गरिएको छ।




