खोटाङमा नयाँ शक्ति उदायो: श्रम संस्कृति पार्टीका आरेन राई विजयी
२०८२ फाल्गुन २४, आईतवार ०९:१७
खोटाङ – प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनमा खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्।
राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत पाए।
यसैगरी, नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदै तेस्रो स्थानमा सीमित भए भने नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरेका छन्।
खोटाङमा यसपटक नयाँ राजनीतिक शक्ति उदाएको संकेत मतपरिणामले देखाएको विश्लेषकहरूको भनाइ छ।




