धरानबाट हर्क साम्पाङको ऐतिहासिक जित
२०८२ फाल्गुन २४, आईतवार १४:२६
धरान , सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रभावशाली मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार) ले २७ हजार २४९ मत ल्याइन्। साम्पाङले उनलाई ८ हजार ४९२ मतान्तरले पछि पार्दै जित सुनिश्चित गरे।
यस क्षेत्रमा तेस्रो स्थानमा रहेका टिकाराम लिम्बू (नेकपा एमाले) ले ६ हजार ४६३ मत प्राप्त गरे।
यो जितसँगै श्रम संस्कृति पार्टीले संसदमा आफ्नो दोस्रो सिट सुरक्षित गर्न सफल भएको छ, जसलाई धरानको स्थानीय राजनीति र वैकल्पिक शक्तिको उदयका रूपमा हेरिएको छ।




