राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन आज पेस, समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण हुने
२०८२ चैत्र ५, बिहीबार ०९:५४
काठमाडौं ,निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको विस्तृत प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ।
आयोगले दिएको जानकारीअनुसार आज बिहान ११:३० बजे समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ।
उक्त कार्यक्रमसँगै प्रतिनिधिसभा गठन प्रक्रिया थप औपचारिक र पूर्णतर्फ अग्रसर हुने विश्वास गरिएको छ।




