काठमाडौं – नेपाली कांग्रेस भित्र १५औं महाधिवेशनको तयारी सुरु भएसँगै आन्तरिक मतभेद सतहमा आएको छ। सभापति गगन थापा को राजीनामा अस्वीकृत भएपछि मंगलबार पुनः केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो।

बैठकमा महाधिवेशनको कार्यतालिका र प्रक्रिया टुंग्याउने तयारी भइरहे पनि शेरबहादुर देउवा पक्षले असन्तुष्टि जनाउँदै आएको छ। विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय कार्यसमितिमा आफ्नो पक्षको प्रतिनिधित्व नरहेको भन्दै देउवा र शेखर कोइराला समूह सहभागी नहुने संकेत दिएका छन्।

यता, सभापति थापाले भने प्रतिनिधिसभा निर्वाचनको नतिजा, आफ्नो राजीनामाको प्रसंग र पार्टीको आगामी दिशा बारे स्पष्ट धारणा राख्ने तयारी गरेका छन्। अपेक्षा विपरीत नतिजा र व्यक्तिगत पराजयबारे उनले अहिलेसम्म सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन्।