काठमाडौं — विवादबीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार मध्यरातमै पदभार ग्रहण गरेका छन्।

उनीलाई कोषका सदस्य सचिव डा. नरेश सुवेदीले स्वागत गरेका थिए। प्रधानमन्त्री सुशीला कार्कीले चैत १ गते श्रेष्ठलाई ५ वर्षका लागि अध्यक्षमा मनोनीत गरेकी थिइन्।

प्रधानमन्त्रीले संरक्षकको हैसियतमा नियुक्ति गर्न पाउने कानुनी व्यवस्था भए पनि निर्णयको चौतर्फी आलोचना भइरहेको छ।

श्रेष्ठ यसअघि सर्वोच्च अदालतमा नायव सुब्बा थिए भने पछिल्लो समय प्रधानमन्त्रीको स्वकीय सचिवका रूपमा कार्यरत थिए।

विवादकाबीच भएको मध्यरातको पदग्रहणले राजनीतिक तरंग थप चर्काएको छ।