सत्ता फेरिएपछि ठूलो झट्का: केपी शर्मा ओली पक्राउ
२०८२ चैत्र १४, शनिबार ०७:१७
काठमाडौं । राजनीतिक परिदृश्य एकाएक तातेको छ। बालेन शाह नेतृत्वमा सरकार गठन भएको १८ घण्टा नबित्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार मध्यरातपछि प्रहरी टोली पक्राउ पुर्जी लिएर ओली निवास पुगेको थियो।
सरकार परिवर्तनसँगै पुराना मुद्दा ब्युँताउने संकेत दिँदै आएको नयाँ सत्ता टोलीले भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’ प्रकरणलाई अगाडि बढाएको छ। सो आन्दोलनमा ७६ जनाको ज्यान गएको घटनामा ओलीलाई मुख्य जिम्मेवार ठहर गरिएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेलगत्तै यो कदम चालिएको बताइएको छ।
उता एमाले नेतृ रामकुमारी झाँक्री ले प्रहरी राति करिब २ बजे नै ओली निवास पुगेको जानकारी दिएकी छन्। उनका अनुसार पक्राउ प्रक्रिया मन्त्रिपरिषद्को निर्णयअनुसार अघि बढाइएको हो।
सत्ता परिवर्तनको २४ घण्टा नबित्दै भएको यो घटनाले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ। अब यसको प्रभाव कता मोडिन्छ—सबैको चासो त्यतैतिर छ।




