“१०० काम, नयाँ गन्तव्य” : सरकारको शासकीय सुधारको ठूलो घोषणा
२०८२ चैत्र १४, शनिबार २१:२२
काठमाडौँ । नयाँ सरकार गठनसँगै सुधारको संकेत दिँदै मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक गरेको छ। शुक्रबार भएको बैठकले प्रशासनदेखि सेवा प्रवाहसम्म व्यापक परिवर्तन ल्याउने उद्देश्यसहित यो योजना अघि सारेको हो।
सरकारले सार्वजनिक गरेको कार्यसूची केवल कागजी योजना नभई छिटो, पारदर्शी र उत्तरदायी शासन निर्माण गर्ने रोडम्यापका रूपमा प्रस्तुत गरिएको छ।
के छन् मुख्य लक्ष्य?
सुशासन र पारदर्शिता मजबुत बनाउने
सरकारी सेवा सरल, छिटो र डिजिटल बनाउने
भ्रष्टाचार नियन्त्रणमा कडाइ
नागरिकमैत्री प्रशासन विकास
सरकारका अनुसार यी १०० कार्यसूची कार्यान्वयनमा आएपछि, सेवाग्राहीले अनावश्यक झन्झटबाट मुक्ति पाउने
,सरकारी काममा ढिलासुस्ती घट्ने, राज्यप्रति नागरिकको विश्वास बढ्ने
योजना सार्वजनिक गर्नु मात्र होइन, कार्यान्वयन नै असली परीक्षा हुने देखिन्छ। विगतमा पनि यस्ता प्रतिबद्धता आए पनि व्यवहारमा पूर्ण सफलता नदेखिएको सन्दर्भमा यो पटकको परिणामप्रति चासो बढेको छ।
अब सबैको नजर: “कागजबाट व्यवहारसम्म सरकार कति पुग्छ?”
कार्यसुचि पुरै यसै लिंकमा
https://drive.google.com/file/d/1yIpoSuJTPZKmO4D3-43QXJz6PxsJNVvl/view?usp=drivesdk




