नेपालमा रैथाने गाई जात लोप हुँदै जाने चिन्ता बढिरहेका बेला सुदूरपश्चिमका माननीयहरूले अछामी (नौमुठे) गाईको संरक्षण र प्रवर्द्धनको विषय उठाएका छन्। यसलाई संरक्षण र प्रवर्द्धन गरि गाई व्यवस्थापनको मुद्दा पनि प्रधानमन्त्री बालेन्द्र शाह समक्ष प्रस्तुत गरे

रैथाने गाईहरू—अछामी, सिरी, खैला, लुलु, तराई र पहाडीनेपालको जैविक विविधता र परम्परागत कृषि प्रणालीका महत्वपूर्ण अंग हुन्। तर आधुनिक उन्नत जातको बढ्दो प्रयोग, चरन क्षेत्रको अभाव र संरक्षण नीतिको कमजोरीका कारण यी जातहरू क्रमशः लोपउन्मुख अवस्थामा पुगेका छन्।यस गाईलाई संसारकै सानाे गाई मानिन्छ ।

सुदुरपश्चिमका सांसदहरूले यो विषय उठाउँदै रैथाने पशुको आनुवंशिक संरक्षणका लागि इकोजोन अनुसार विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।

 उनीहरूले दीर्घकालीन योजना र ठोस कार्यान्वयनबिना यस्ता बहुमूल्य जातहरू हराउने खतरा रहेको बताएका छन्।

विशेषज्ञहरूका अनुसार रैथाने गाई संरक्षणका लागि वैज्ञानिक प्रजनन, किसानलाई प्रोत्साहन, चरन क्षेत्र व्यवस्थापन र नीति स्तरमा स्पष्ट कार्यक्रम आवश्यक छ।

सरकारले समयमै प्रभावकारी कदम चाल्न सकेमा अछामी र सिरी जस्ता दुर्लभ गाई जातको संरक्षण सम्भव हुने विश्वास गरिएको छ।