काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि आफ्ना उपसभापति डिपी अर्याल लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछाने ले अर्यालको नाम प्रस्ताव गरेका थिए। बैठकमा उपस्थित सबै सदस्यहरूले उक्त प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेका हुन्।

रास्वपाका प्रवक्ता मनिष झाले का अनुसार संसदीय दलले अर्यालको उम्मेदवारीलाई औपचारिक रूपमा अनुमोदन गरेको हो।

यससँगै अर्याल रास्वपाबाट सभामुख पदका आधिकारिक उम्मेदवार बनेका छन्। अब उनले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गर्ने तयारी सुरु गरेका छन्।