संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएर स्थानीय शासनलाई थप सक्रिय बनाउने कदम अघि सारेको छ।

मन्त्रालयको निर्णयअनुसार, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत वा सो सरह) का अनुभवी कर्मचारीहरूलाई रिक्त रहेका स्थानहरूमा जिम्मेवारी दिइएको हो। यी अधिकांश कर्मचारीहरू विभिन्न मन्त्रालय तथा निकायहरूमा कार्यरत थिए।

नयाँ सरकार गठनसँगै मन्त्रालयले खाली रहेका स्थानीय तहहरूमा क्रमशः नेतृत्व पठाउने अभियान तीव्र बनाएको छ। यसअघि नै ६३ नगरपालिका तथा समन्वय समितिहरूमा प्रमुख प्रशासकीय अधिकृत खटाइसकिएको थियो भने, अब गाउँपालिकातर्फ पनि व्यवस्थापन विस्तार गरिएको हो।

मन्त्रालयले खटाएको यो कदमले स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने, विकास निर्माण कार्यलाई गति दिने र प्रशासनिक निर्णय प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ।
कहाँ कसलाई खटाइयो भन्ने विस्तृत सूची लिकंमा

https://drive.google.com/file/d/1sO2NcyUXsy_x7JC-c4elXEFWPapr9KWM/view?usp=drivesdk