ई–भोटिङ आगामी चुनावमा माग, दुर्गमका मतदातालाई राहतको अपेक्षा
२०८२ चैत्र २३, सोमबार १७:१३
काठमाडौँ, चैत २२ — आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा ई–भोटिङ (Electronic Voting) प्रणाली लागू गर्न युवा समूहले निर्वाचन आयोगको ध्यानाकर्षण गरेका छन्।
कर्णालीका युवाहरूले आयोगमा ज्ञापनपत्र बुझाउँदै देशभित्रै रहेका लाखौँ नागरिक मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेको बताएका छन्। विशेषगरी मुगु, डोल्पा, जुम्ला, बाजुरा र हुम्लाजस्ता दुर्गम जिल्लाका नागरिकलाई मतदान गर्न काठमाडौं वा तराईसम्म आउन–जान मात्र २५–३० हजार रुपैयाँ खर्च लाग्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
यसले गर्दा धेरै नागरिक व्यवहारिक रूपमा मतदान प्रक्रियाबाट बाहिरिन बाध्य भएको उनीहरूले उल्लेख गरेका छन्।
युवा समूहका संयोजक आशिष देवकोटाका अनुसार, ई–भोटिङ प्रणाली लागू भएमा दुर्गम क्षेत्रका नागरिकलाई सजिलो हुने मात्र होइन, लोकतान्त्रिक सहभागिता पनि बढ्नेछ
निर्वाचन आयोगले भने यस विषयमा अध्ययन र सम्भावनाबारे छलफल गरिरहेको बताइएको छ।




