काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ अध्ययन गर्न इच्छुक विद्यार्थीबाट छात्रवृत्ति आवेदन माग गरेको छ। महानगरअन्तर्गत सञ्चालित संस्थागत विद्यालयहरूमा परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाएको छ।

महानगरपालिकाका अनुसार विद्यार्थीले महानगरको आधिकारिक वेबसाइट तथा अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया जेठ १ गतेदेखि १० गतेसम्म खुला रहनेछ भने छात्रवृत्ति परीक्षा जेठ १७ गते सञ्चालन हुनेछ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जनाइएको छ। योग्य र आर्थिक अवस्था कमजोर विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ।

महानगरपालिकाले समयमै आवेदन दिन विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ।