Oplus_131072

काठमाडौं ,सगरमाथा फेरि पनि नेपाली कीर्तिमानको केन्द्र बनेको छ। यसपटक विश्वप्रसिद्ध आरोही कामी रिता शेर्पा ले आफ्नोै रेकर्ड तोड्दै ३२औँ पटक सगरमाथाको शिखर चुमेका छन्। आइतबार बिहान १०:१२ बजे उनी सफलतापूर्वक शिखरमा पुगेका हुन्।

उनीसँगै त्यही दिन अर्की अनुभवी आरोही लाक्पा शेर्पा ले पनि बिहान ९:३० बजे ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला तर्फको विश्व कीर्तिमान आफ्नो नाममा लेखेकी छन्।

एकै दिन दुई अलग-अलग ऐतिहासिक उपलब्धिले सगरमाथा फेरि पनि नेपाली पर्वतारोहणको गौरव झल्काउने ठूलो प्रतीक बनेको छ। यी सफलताले नेपालको हिमाली पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा अझ बलियो बनाएको छ।