मोरङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला अधिवेशन नजिकिँदै गर्दा बुढीगंगाका काेषराज खनालले  जिल्ला सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पार्टीको सिद्धान्त, मूल्य र जनअपेक्षालाई केन्द्रमा राख्दै उम्मेदवारी दिने तयारी रहेको उनले जनाएका छन्। उनले यो यात्रा पद प्राप्तिका लागि मात्र नभई संगठनप्रति जिम्मेवारी र सेवा भावनासँग जोडिएको बताएका छन्।

उम्मेदवारका खनालका अनुसार मोरङमा रास्वपालाई अझ सुदृढ, एकताबद्ध, पारदर्शी र जनउत्तरदायी बनाउने मुख्य उद्देश्य रहेको छ। उनले व्यक्ति होइन संगठन बलियो बनाउने, गुटभन्दा एकता रोज्ने र मोरङलाई उदाहरणीय जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले पार्टी परिवार, कार्यकर्ता तथा समर्थकसँग विश्वास, सुझाव र सहयोगको अपेक्षा समेत राखेका छन्।