Oplus_131072

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म कृषि तथा पशुपन्छी क्षेत्रमा वितरण गरिएको अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदलले विगत १० वर्षमा प्रवाह भएका अनुदान कार्यक्रमको अध्ययन गरी दुरुपयोग भएको भए त्यसको पहिचान गर्नेछ।

कार्यदललाई ६ महिनाभित्र विस्तृत प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। विगतमा वास्तविक किसानसम्म अनुदान नपुगेको, पहुँचका आधारमा वितरण भएको तथा अनुगमन कमजोर भएको गुनासो बढ्दै आएपछि सरकारले छानबिन प्रक्रिया अघि बढाएको हो।

कार्यदलले पुराना प्रतिवेदनको पुनरावलोकन गर्दै अनुदान प्रणाली सुधारका लागि आवश्यक सिफारिससमेत गर्नेछ।