सबै नागरिकको स्वास्थ्य बीमा निःशुल्क,पालिकाकाे घोषणा
२०८३ असार ११, बिहीबार ०७:५६
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि गाउँपालिका भित्रका सबै नागरिकको स्वास्थ्य बीमा प्रिमियममा शतप्रतिशत अनुदान दिने घोषणा गरेको छ। स्वास्थ्य क्षेत्रमा ९० लाख रुपैयाँ विनियोजन गर्दै पालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेको हो।
यस्तै, माछापुच्छ्रे गाउँपालिकाले पनि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई केन्द्रमा राखेर ६८ करोड २७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
स्थानीय तहहरूले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै जनमुखी बजेट ल्याउन थालेपछि नागरिकमा सकारात्मक सन्देश प्रवाह भएको छ।




