सर्लाहीको चन्द्रनगरमा नेपालकै पहिलो सजिवन (मोरिङ्गा) सम्मेलन सुरु
२०८३ असार १३, शनिबार २१:०९
विराटपाटी असार १३, सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित नेपालकै पहिलो सजिवन (मोरिङ्गा) सम्मेलनमा विभिन्न प्रदेशका नीति निर्माता, विज्ञ, अनुसन्धानकर्ता, कृषक तथा अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ।
सम्मेलनमा कोशी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह तथा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सजिवन खेतीको विस्तार, हरित अर्थतन्त्र, पोषण सुरक्षा र ग्रामीण समृद्धिमा यसको महत्वपूर्ण भूमिकाबारे धारणा राख्नुभएको छ।
देशभर सजिवन खेतीलाई अभियानका रूपमा विस्तार गर्दै स्वास्थ्य, पोषण र आर्थिक समृद्धिको नयाँ आधार निर्माण गर्न सम्मेलनले महत्वपूर्ण सन्देश दिएको छ।




