दिल्लीमा अनुभव प्राप्त मधुमेह ,थाइराइडलगायत विशेषज्ञ वरिष्ठ  डा. अमित त्रिपाठीले परामर्श सेवा

विराटपाटी संवाददाता ,मोरङ, भदौ २७,बुवाको मुख हेर्ने दिनको अवसर पारेर मोरङको बुढीगंगा गाउँपालिकामा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गरिएको छ। बुढीगंगा–२, टंकिनसिनवारीस्थित बुढीगंगा साझा फार्मेसी एण्ड क्लिनिकमा दिल्लीबाट अनुभव प्राप्त Endocrinologist डा. अमित त्रिपाठीले दुईदिने विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।

भदौ २६ र २७ गते सञ्चालन गरिएको  विशेष सेवामा मधुमेह, थाइराइड, हर्मोनसम्बन्धी समस्या, PCOS, मोटोपन तथा Metabolic रोग भएका बिरामीको स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श भइरहेको क्लिनिकले जनाएको छ।

विशेषगरी पछिल्लो समय मधुमेह तथा थाइराइडलगायत हर्मोनसम्बन्धी समस्या बढ्दै गइरहेको अवस्थामा स्थानीयस्तरमै अन्तर्राष्ट्रिय  विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बुढीगंगा साझा स्वास्थ्य सेवा ट्रष्टको अध्यक्ष दर्शनराज न्याैपाने भनाइ छ।

डा. त्रिपाठीबाट दुवै दिन बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म स्वास्थ्य परीक्षण तथा परामर्श लिन सकिने व्यवस्था गरिएको थियोे 

स्थानीय नागरिकलाई अन्तर्राष्ट्रिय स्तरीय  विशेषज्ञ स्वास्थ्य सेवाका लागि भारतीय शहर वा संघिय राजधानी  जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले यस्ता विशेषज्ञ सेवा निरन्तर उपलब्ध गराउनेतर्फ  साझा स्वास्थ्य सेवा ट्रष्ट अध्यक्ष न्याैपानेले पहल गरिरहेको जनाएको छ।

बुढीगंगा साझा फार्मेसी एण्ड क्लिनिक बुढीगंगा–२,विराट टिचिङ मेडिकल कलेज नजिकै  टंकिनसिनवारीमा सञ्चालनमा रहेको छ। 

बुढीगंगा साझा स्वास्थ्य सेवाले स्थानीय समुदायलाई गुणस्तरीय, सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।