विराट गोल्डकपको उपाधि विराटनगरले नै जित्यो
२०७९ चैत्र १६, बिहीबार २२:१५
विराटनगरमा भएको रात्रिकालिन फुटबलमा ६ दशकपछि घरेलु टोली विराटनगर सिटी एफसीले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको सकेको हाे ।
विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ र शिल्ड जितेकाे छ। उपबिजेता केरलाले १० लाख १५ हजारमा प्राप्त गरेको छ ।
जितको लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए ।
खेलको सातौं मिनेटमा विराटनगर सिटीका अफिज ओरवाले गोल गरी टिमको सुरुवती अग्रता दिलाए । बिलम घर्ती मगरले निकालेको लामो पासलाई अफिज ओलवाले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए
अत्यन्तै उत्साहित दर्शककाे ठूलो संख्या उपस्थिति रहेको थियोे ।





