भुटानका प्रख्यात स्ट्राइकर चेन्चो मच्छिन्द्रसँग जोडिए
२०७९ चैत्र २१, मंगलवार ०८:५२
भुटान राष्ट्रिय फुटबल टोलीका कप्तान चेन्चो ग्याल्त्सेनले मछिन्द्र फुटबल क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।
तीन पटकको लिग च्याम्पियन मछिन्द्रले भुटानी फुटबल स्टार चेन्चोलाई सोमबार काठमाडौंमा औपचारिक रुपमा अनावरण गरेका छन् ।
डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र पाँच खेलबाट पाँच अंक जोडेर लिग तालिकाको ११ औं स्थानमा छ । ह्वाइट लायनले अहिलेसम्म एक जित दर्ता गरेको छ, दुई बराबरी खेलेको छ र दुई खेलमा हार बेहोरेको छ ।
आज सञ्चारकर्मीको उपस्थितिमा मछिन्द्रका प्रमुख सुनिल कपाली र चेन्चोले सम्झौतामा हस्ताक्षर गरेका हुन् । भुटानी रोनाल्डोका रूपमा लोकप्रिय चेन्चोलाई पहिलो डिभिजन लिगको छैटौं चरणका खेलहरूबाट ह्वाइट लायन्सको टोलीमा समावेश गरिनेछ। मछिन्द्रले बुधबार हिमालयन शेर्पा क्लबसँग खेल्दै लिग सुचारु गर्नेछ ।
मछिन्द्रसँग अनुबन्ध गर्नुअघि चेन्चो इन्डियन टप टियर लिगको पञ्जाब एफसीबाट खेल्दै आएका थिए । पञ्जाबले यो सिजन आई-लिग जित्यो र इन्डियन सुपर लिगमा बढुवा भएको थियो।
उनले आई-लिगमा तीन गोल र पाँच असिस्ट बनाए। भर्खरै दशरथ रंगशालामा भुटान, नेपाल र लाओसको सहभागिता रहेको प्रधानमन्त्री थ्री नेसन्स कपमा राष्ट्रिय टोलीको सहभागिताका क्रममा भुटानी स्ट्राइकर नेपाल आएका हुन् ।
चेन्चोले मछिन्द्रसँग प्रशिक्षण सुरु गरिसकेका छन्




