पाँच दलले उपनिर्वाचनमा साझा उमेदवारलाई जिताउने
२०७९ चैत्र २१, मंगलवार १८:५३
सरकार संचालनका हिस्सेदार पाँच दलले वैशाख १० हुने उपनिर्वाचनमा गठबन्धनका साझा उमेदवारलाई जिताउन आह्वान गरेका छन्
शिर्षक नेताहरूले आज विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले गठबन्धनका साझा उमेदवारलाई जिताउन आह्वान गरेपछि कार्यकर्ता परिचालन हुनेछन् ।
यश उपनिर्वाचनमा गठबन्धन दलका तर्फबाट तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका गोविन्द भट्टराई, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव उमेदवार हुन्
तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ,चितवनकमा रवि लामिछाने र वारामा रमेश खरेल रहेका छन् ।




