लामो समयसम्म कम्युनिस्ट राजनीतिवाट गरेका हाल
नेकपा (एकीकृत समाजवादी) मा अध्यक्षपछिको तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपाने हुन् ।
उनलेे नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाड्ने अवस्था पुगेका छन् ।

न्यौपानेले शनिवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर औपचारिक रूपमा पार्टी छाडेको घोषणा गर्ने तयारी गरेको उनी निकट स्रोतले जनाए ।

वि.स.२०७७ सालमा एमालेसँग विद्रोह गर्दा माधव नेपाललाई साथ दिएका न्यौपाने पछिल्लो समय नेपालसँग असन्तुष्टि जनाउँदै एमालेसँगै पार्टी एकता गर्नुपर्ने पक्षमा पुगेका छन्

एमालेसँग पार्टी एकता गर्नुपर्ने लगायतका धारणा सार्वजनिक गरेपछि उनलाई चैत १४ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सात दिने स्पष्टीकरण सोधेको थियो । तर न्यौपानेले स्पष्टीकरण दिन जरुरी नभएको प्रतिक्रिया दिँदै आएका छन् ।

एकीकृत समाजवादी छाडेको घोषणा गरेको केही समयपछि न्यौपाने एमाले प्रवेश गर्ने उनीनिकट स्रोतले जनाए
उनकाे व्यवहार , विचार र सरल नेपाली नेताकाे रूपमा धेरै मन पराउछन् ।