राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको हटाउदै  विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेका छन् । उनी एसिड आक्रमण पीडित हुन् ।

दुर्गा प्रसाईंसंग अडिओ प्रकरणमा सांसद श्रेष्ठ मुछिएपछि रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गर्याे ।

श्रेष्ठले गत आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो।